सामसङको सबैभन्दा सस्तो इयरफोन ‘Galaxy Buds Core’ सार्वजनिक, यस्ता छन विशेषता  

नेपालभ्युज

 सामसङको सबैभन्दा सस्तो इयरफोन ‘Galaxy Buds Core’ सार्वजनिक, यस्ता छन विशेषता  

काठमाडौं। सामसङले नेपालमा आफ्नो सबैभन्दा किफायती ट्रु वायरलेस इयरफोन Galaxy Buds Core सार्वजनिक गरेको छ। यी बड्सहरू जुलाई १ देखि नेपालभरका सामसङका आधिकारिक बिक्रेताहरूबाट खरिद गर्न सकिनेछ।

दैनिक प्रयोगका लागि डिजाइन गरिएको यो इयरफोनमा प्रिमियम सुविधाहरू समावेश छन्। यसको बजार मूल्य रु ७,३९९ तोकिएको छ। यो कालो र सेतो गरी दुई रङमा उपलब्ध छ।

कम्प्याक्ट, शक्तिशाली र स्मार्ट
Galaxy Buds Core मा डायनामिक ड्राइभरहरू प्रयोग गरिएको छ जसले गहिरो र इमर्सिभ साउन्डका साथै शक्तिशाली बास प्रदान गर्दछ। यसमा रहेको एक्टिभ न्वाइज क्यान्सलेसन (ANC) र कल न्वाइज रिडक्सनले गर्दा धेरै हल्ला भएको ठाउँमा पनि स्पष्ट आवाज सुन्न र कुरा गर्न सकिन्छ। तीनवटा माइक प्रणालीले गर्दा फोन कल, संगीत सुन्न वा मिटिङका लागि यो इयरबड निकै उपयुक्त छ।

इयरबडमा सुरक्षित र सहज विङटिप्स पनि छन्, जसले गर्दा कठिन गतिविधिहरूका बेला पनि यो सहजै कानमा अडिन्छ।

Galaxy AI इन्टरप्रिटर: तपाईँको कानमा रियल-टाइम अनुवाद
यो बड्सको सबैभन्दा मुख्य विशेषताहरू मध्ये एक हो Galaxy AI इन्टरप्रिटर, जसले आमने-सामने कुराकानीका क्रममा दुईतर्फी रियल-टाइम अनुवाद प्रदान गर्दछ। यसले प्रयोगकर्तालाई आफ्नो भाषामा बोल्दा त्यसलाई तुरुन्तै अनुवाद गरेर सुनाइदिन्छ।

यस्ता छन् अन्य विशेषता 

संगीत, कल र भ्वाइस असिस्टेन्ट चलाउनका लागि टच कन्ट्रोल।

उपकरणहरूबीच सजिलै स्विच गर्नका लागि अटो स्विच र मल्टि-डिभाइस कनेक्टिभिटी।

सामसङ फाइन्ड एप मार्फत ‘Find My Earbuds’ सुविधा।

IP54 रेटिङका साथ पानी र धुलो प्रतिरोधी।

स्थिर र छिटो कनेक्टिभिटीका लागि ब्लुटुथ ५.४।

चार्जिङ केससहित ३५ घण्टासम्मको ब्याट्री लाइफ (ANC सँग २० घण्टा)।

Galaxy Buds Core ले उत्कृष्ट विशेषताहरूलाई किफायती मूल्यमा उपलब्ध गराउँदै दैनिक उपयोगिता र नवीनताको मिश्रण गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved