१४ जिल्लामा हुन सकेन कांग्रेसको क्रियाशील सदस्यता नवीकरण

नेपालभ्युज

१४ जिल्लामा हुन सकेन कांग्रेसको क्रियाशील सदस्यता नवीकरण

काठमाडौं । कांग्रेसको  क्रियाशील सदस्यता नवीकरणमा १४ जिल्लामा अझै समस्या देखिएको छ । महामन्त्री गगन थापाले केन्द्रीय समिति बैठकमा प्रतिवेदन पेस गर्दै १४ जिल्लामा नवीकरणमा समस्या भएको उल्लेख गरेका छन् ।

५ जिल्लाले मात्रै हालसम्म नवीकरण टुंग्याएका छन् । १५ जिल्लाले क्रियाशील सदस्यता नवीकरण प्रणालीमा विवरण प्रविष्ट गरेका छन् । यस्तै १० जिल्ला निर्णय प्रक्रियामा रहेको महामन्त्री थापाको प्रतिवेदन छ । केन्द्रीय समितिका पेस विवरणअनुसार ३३ जिल्लाले वडाबाट नवीकरण फारम संकलन गरिरहेका छन् ।

कांग्रेसको जम्मा क्रियाशील सदस्य संख्या ८ लाख ७० हजार ७८० छन् । १४ औँ महाधिवेशनमा नवीकरण भएका संख्या ४ लाख २३ हजार ४ सय ३४ रहेको छ भने नयाँ सदस्यको संख्या ४ लाख ४७ हजार ३ सय ४६ छन् ।

नेपाली जनसम्पर्क समितिबाट १९ हजार ५ सय ९२ छन् । कांग्रेसले ८ लाख ५१ हजार ७८० क्रियाशील सदस्यता कार्ड छपाइ र वितरण गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved