काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजार बढेको छ । आज नेप्से परिसूचक ९ दशमलव १९ अंकले बढेर २६३१ दशमलव ४१ का विन्दुमा पुगेको छ ।
सोमबार ३१८ कम्पनीका ६३ हजार ३७१ पटकको कारोबारमा एक करोड ४१ लाख ७२ हजार ५३५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार रुपैयाँ रहेको छ ।
आज १४५ कम्पनीको सेयर मूल्य बढ्दा १०३ कम्पनी राताम्मे छन् । सोमबार साहस ऊर्जा लिमिटेडको सर्वाधिक कारोबार भएको छ । जसको कारोबार रकम ३६ करोड ५३ लाख ९८ हजार ४८८ रुपैयाँ रहेको छ ।
त्यस्तै, सानिमा माई हाइड्रोपावरको कारोबार रकम ३१ करोड ४७ लाख ५८ हजार १६६ रुपैयाँ, बुटवल पावर कम्पनीको ३० करोड ७५ लाख ७४ हजार ४५० रुपैयाँ, सप्तकोशी विकास बैंकको २५ करोड ७८ लाख ३६ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, पाचौँ सर्वाधिक कारोबार हुने कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर रहेको छ । जसको कारोबार रकम २२ करोड ५ लाख ९ लाख २६२ रुपैयाँ रहेको छ ।
Facebook Comment
Comment