रुपन्देही–३ कात्तिक १७ गते उपचुनाव हुने

नेपालभ्युज

रुपन्देही–३ कात्तिक १७ गते उपचुनाव हुने

काठमाडौं । राप्रपा सांसद दीपक बोहोराको मृत्युपछि रिक्त भएको रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्यको उपचुनाव आगामी कात्तिक १७ गते हुने भएको छ । निर्वाचन आयोगको सोमबार बसेको बैठकले उपचुनावको मिति तोकेको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।

आयोगले उपचुनाव स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सफल पार्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहसँग आग्रह गरेको छ ।

यो चुनावका लागि सत्तारुढ दल नेकपा एमालेले उम्मेदवारसमेत टुंगो लगाएको छ । एमालेले खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । अन्य दलहरूले भने निर्णय गरिसकेका छैनन् ।

बोहोराको गत चैत २९ गते मृत्यु भएको थियो । कुनै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रिक्त भएमा ६ महिनाका लागि कार्यकाल बाँकी रहे उपचुनाव गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved