सेयर बजारमा हरियाली, कारोबार रकम ७ अर्बमाथि 

नेपालभ्युज

सेयर बजारमा हरियाली, कारोबार रकम ७ अर्बमाथि 
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ३० दशमलव ०९ अंकले बढेर २६२५ दशमलव ८४ को विन्दुमा पुगेको छ ।

आइतबार ३२८ कम्पनीका ७४ हजार ७५२ पटकको कारोबारमा एक करोड ६६ लाख ४३ हजार ११४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब १२ करोड १७ लाख ३६ हजार ११४ रुपैयाँ रहेको छ ।

१८५ कम्पनीको सेयर मूल्य बढ्दा ६३ कम्पनीको घटेको छ । आज साहस ऊर्जा लिमिटेडमा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved