एसीसी यू-१६ क्रिकेट : नेपालको लगातार तेस्रो जित, ३७० रनले हार्‍यो इन्डोनेसिया

नेपालभ्युज

एसीसी यू-१६ क्रिकेट : नेपालको लगातार तेस्रो जित, ३७० रनले हार्‍यो इन्डोनेसिया
तस्वीर - क्यान

काठमाडौं । मलेसियामा जारी एसीसी इस्ट जोन यू-१६ क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो खेल जितेको छ ।

आइतबार भएको खेलमा नेपालले इन्डोनेसियालाई ३ सय ७० रनले हराएको हो । यसअघि नेपालले सिंगापुर र जापानलाई पराजित गरेको थियो ।

नेपालले दिएको ४२१ रनको विशाल लक्ष्य पछ्याएको इन्डोनेसिया २४.३ ओभरमा अलआउट हुँदै ५० रन मात्र जोड्न सक्यो ।

इन्डोनेसियाका लागि काभिन निरज चड्डाले १५ र दिभित नन्दले १४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

नेपालका लागि विपिन शर्माले ६ विकेट लिए । शुभम खनाल र सुगम बुढाथोकीले एक/एक विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ४२० रन बनाएको थियो ।

नेपालका लागि ओपनर प्रसिद्ध जैसीले शतक बनाउने क्रममा ११४ बलमा १३२ रन बनाए । यस्तै, अर्का ओपनर यादवले विस्फोटक ब्याटिङ गर्दै २८ बलमा ७१ रन बनाएका थिए ।

चौथो नम्बरमा ब्याटिङ गरेका रौनक श्रीवास्तवले ७१ बलमा ८८ रन बनाए भने जोय थापाले ४१ बलमा ५७ रन बनाए । यस्तै, सुगम बुढाथोकी ३९ रनमा नटआउट रहे ।

नेपालका लागि पावर प्लेमै १० ओभरमा जैसी र यादवले १३० रन बनाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved