टेरामक्स प्रकरण : मोहन बस्नेत विशेष अदालतमा उपस्थित, बयान जारी

नेपालभ्युज

टेरामक्स प्रकरण : मोहन बस्नेत विशेष अदालतमा उपस्थित, बयान जारी

काठमाडौं । कांग्रेस नेता मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन् । टेरामक्स प्रकरणमा बयान दिन उनी आइतबार अदालतमा उपस्थित भएका हुन् ।

न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा अहिले बस्नेतको बयान चलिरहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा जेठ १ गते बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । आरोपीबाट तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved