जब अमरीश पुरीले आफ्नो स्मरण शक्ति गुमाए…

नेपालभ्युज

जब अमरीश पुरीले आफ्नो स्मरण शक्ति गुमाए…

काठमाडौं । अमरीश पुरी बलिउडका दिग्गज स्टारहरूमध्ये एक थिए । उनले आफ्नो करिअरमा धेरै यादगार भूमिकाहरू निर्वाह गरे ।

धेरैजसो फिल्ममा खलनायकको भूमिका निर्वाह गरे पनि अमरीशले साधारण भूमिकामा पनि आफ्ना प्रशंसकहरूको मन जितेका थिए । हालै अभिनेत्री काजोलले कसरी एक पटक अमरीशले केही समयको लागि आफ्नो स्मरण शक्ति गुमाए भन्ने बारेमा एउटा रमाइलो किस्सा सुनाइन् ।

म्याशेबल इन्डियालाई दिएको एक अन्तर्वार्तामा काजोलले फिल्म ‘कुछ कुछ होता है’ को छायांकनको क्रममा अमरीशले आफ्नो स्मरणशक्ति गुमाएको बताइन् ।

काजोलले भनिन्, “उहाँ अजय (काजोलका श्रीमान् अजय देवगन) सँग एउटा फिल्मको सुटिङ गर्दै हुनुहुन्थ्यो र एउटा दृश्यमा उहाँ झरना मुनिबाट जानुपरेको थियो । हामी सबैले कल्पना गर्न सक्छौं कि झरनाबाट पानी कति जोडले खस्छ । अजयले मलाई भन्नुभयो – अमरीशको टाउकोमा प्याडिङ थिएन, त्यसैले जब उनी झरनाबाट बाहिर निस्किए उनलाई केही याद थिएन ।”

काजोलले थपिन्, ‘उनी (अमरीश पुरी) बारम्बार सोधिरहेका थिए, म को हुँ ? म के गर्दैछु ? सेटमा उपस्थित सबैजना उनको लागि धेरै चिन्तित थिए । उनलाई लगभग तीन घण्टा लाग्यो र त्यसपछि बिस्तारै उनको सम्झना फर्कियो । यो कथा रमाइलो लाग्न सक्छ, तर त्यतिबेला यो धेरै गम्भीर अवस्था थियो ।”

अमरीश र अजयले धेरै फिल्महरूमा सँगै काम गरेका थिए, जसमा ‘टार्जन: द वन्डर कार’, ‘फूल और काँटे’, ‘हलचुल’ र ‘गैर’ जस्ता फिल्महरू समावेश थिए ।

अन्तर्वार्तामा काजोलले अमरीशलाई अजयप्रति विशेष स्नेह रहेको पनि बताइन्, किनभने उनीहरूले धेरै फिल्महरूमा सँगै काम गरेका थिए ।

अमरीशको मृत्यु सन् २००५ मा भएको थियो । उनले ७२ वर्षको उमेरमा अन्तिम सास फेरेका थिए । अमरीश माइलोडिस्प्लास्टिक सिन्ड्रोम नामक दुर्लभ रक्त क्यान्सर रोगबाट पीडित थिए । मृत्यु हुनुभन्दा केही समय अघि उपचारको क्रममा उनको मस्तिष्कको शल्यक्रिया पनि गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved