रास्वपा संसदीय दलको बैठक शनिबार

नेपालभ्युज

रास्वपा संसदीय दलको बैठक शनिबार
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  संसदीय दलको बैठक बोलाएको छ । बैठक असार १४ गते शनिबार बिहान ९ बजेका लागि बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार  बैठकमा भिजिट भिसा प्रकरणसँगसँगै सम्बन्धित पछिल्ला विकसित घटनाक्रमबारे छलफल हुनेछ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएको रास्वपाले पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वको समितिलाई स्वीकार गरेको छैन ।

मन्त्रिपरिषद बैठकले भिजिट भिसा प्रकरणमा छानबिन गर्न रेग्मीको नेतृत्वमा समिति गठन गरेको छ । रास्वाले सो प्रकरणमा संसदमा लगातार विरोध गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved