आईसीसीको कारबाहीमा परे ऋषभ पन्त

नेपालभ्युज

आईसीसीको कारबाहीमा परे ऋषभ पन्त

काठमाडौं । इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टमा उत्कृष्ट प्रदर्शन गरेका भारतीय विकेटकिपर–ब्याट्सम्यान ऋषभ पन्तलाई आईसीसीले कारबाही गरेको छ ।

यस टेस्टको दुवै इनिङ्समा शतक प्रहार गरेका पन्त आफ्नो प्रदर्शनका कारण चर्चामा छन् । उनले यस टेस्टको दुवै इनिङमा शतक प्रहार गरेर धेरै रेकर्ड पनि बनाएका छन् ।

तर, उनले देखाएको व्यवहारका कारण पन्त कारबाहीमा परेका हुन् । उनीमाथि आईसीसी आचारसंहिताको लेभल-१ उल्लङ्घन गरेको आरोप छ ।

इङ्ग्ल्याण्डको इनिङ्सको ६१औं ओभरमा जब ह्यारी ब्रुक र बेन स्टोक्स ब्याटिङ गरिरहेका थिए, पन्तले बलको अवस्थाको बारेमा अम्पायरहरूसँग छलफल गरिरहेको देखिएको थियो ।

बल गेजले जाँच गरेपछि अम्पायरहरूले बल परिवर्तन गर्न अस्वीकार गर्दा पन्तले अम्पायरहरूको अगाडि भुइँमा बल फ्याँकेर आफ्नो असहमति जनाएका थिए ।

पन्तले आफ्नो गल्ती स्वीकारेका छन् र आईसीसी म्याच रेफ्रीहरूको एमिरेट्स आईसीसी एलिट प्यानलका रिची रिचर्डसनले प्रस्ताव गरेको सजाय स्वीकार गरेपछि कुनै अनुशासनात्मक सुनुवाइ नभएको आईसीसीले जनाएको छ ।

आरोप मैदानमा रहेका अम्पायरहरू क्रिस गाफनी र पल रिफेल, तेस्रो अम्पायर शरफुद्दौला इब्ने शाहिद र चौथो अम्पायर माइक बर्न्सले लगाएका थिए ।

लेभल-१ को उल्लङ्घनमा न्युनतम आधिकारिक हप्काइ, खेलाडीको म्याच शुल्कको ५० प्रतिशत अधिकतम जरिवाना र एक वा दुई डिमेरिट अंकको सजाय हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved