इरान–इजरायल युद्धविराम लागू भएको ट्रम्पको घोषणा

नेपालभ्युज

इरान–इजरायल युद्धविराम लागू भएको ट्रम्पको घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायल युद्धविराम भएको घोषणा गरेका छन् । उनको यो घोषणासँगै जेठ ३० मा सुरु भएको इरान–इजरालय युद्ध समाप्त भएको छ । ट्रम्पले युद्धविराम उल्लंघन नगर्न दुवैपक्षसँग आग्रहसमेत गरेका छन् ।

१२ दिनसम्म चलेको यो युद्धमा ३० जेठ गते इजरायली वायु सेनाले इरानी शहरमा आक्रमणमा गरेको थियो । आक्रमणको पहिलो दिनमै इरानले उच्च सैन्य कमान्डर र परमाणु वैज्ञानिकहरू गुमाएको थियो । त्यसपछि इरानले पनि इजरायलमा जवाफ आक्रमण ब्यालिस्टिक मिसाइलबाट गरेको थियो । इरानी ब्यालिस्टिक मिसाइलले इजरायलमा पनि व्यापक क्षति गरेको छ ।

यो युद्धमा इरानतर्फ कम्तीमा एक हजार मानिसको मृत्यु भएको मानिन्छ । यद्यपि, इरानी अधिकारीहरूले भने ६ सय मानिसको मृत्यु भएको बताएका छन् । इजरायलतर्फ पनि कम्तीमा २७ जना मारिएका छन् ।

यसैबीचमा अमेरिकाले इरानी परमाणु केन्द्रमा आक्रमण गरेपछि यो युद्ध विस्तार हुने जोखिम बढेको थियो । तर, सोमबार कतारस्थित अमेरिकी एअरबेसमा आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायल र इरान युद्धविरामका लागि सहमत भएको घोषणा गरे । उनले यस्तो घोषण गर्दा इजराली आक्रमण इरानमा जारी थियो । उता इरानले पनि इजरायलमा ब्यालिस्टिक आक्रमण गरेको थियो । इरानको पछिल्लो आक्रमणमा तीन जना इजरायली मारिएको इरानी अधिकारीहरूले पुष्टि गरेका छन् ।

इरानी आक्रमण सकिएसँगै इजरायलले आफ्नो एअरस्पेस खुला गरेको थियो । त्यसको केही समयपछि नै ट्रम्पले युद्धविराम लागू भएको घोषणा गरेका हुन् ।

नेपाली समयअनुसार मंगलबार बिहान ३ः४५ मा ट्रम्पले ट्रुथ सामाजिक सञ्जालमार्फत युद्धविराममा सहमति भएको जानकारी दिएका थिए । उनले ६ घण्टापछि युद्धविारम लागू हुने बताएका थिए । न्त्यको संकेत हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved