रुसका पूर्वराष्ट्रपति मेदभेदेवमाथि खनिए ट्रम्प

नेपालभ्युज

रुसका पूर्वराष्ट्रपति मेदभेदेवमाथि खनिए ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका पूर्व राष्ट्रपति दिमित्री मेदभेदेवमाथि आणविक हतियारसम्बन्धी टिप्पणीलाई लिएर कडा प्रतिक्रिया जनाएका छन् ।

ट्रम्पले आफ्नै सामाजिक सञ्जालमार्फत मेदभेदेवले “एन शब्द (न्युक्लियर)”लाई अत्यन्त सामान्य शैलीमा प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन् । उनले लेखेका छन्, “एन शब्दलाई यत्तिकै हल्का रूपमा लिनु हुँदैन । सायद त्यसैले नै पुटिन उनका ‘मालिक’ हुन् ।”

ट्रम्पले मेदभेदेवले “आफू र अन्य देशहरूले इरानलाई आणविक हतियार आपूर्ति गर्न सक्ने” भनी बोलेको कुराप्रति आशंका जनाउँदै आफ्नो समर्थकहरूलाई यसबारे पुष्टि गर्न आग्रहसमेत गरेका छन् ।

यसअघि मेदभेदेवले सामाजिक सञ्जालमार्फत लेखेका थिए, “केही देशहरू इरानलाई प्रत्यक्ष रूपमा आफ्ना न्युक्लियर वारहेडहरू आपूर्ति गर्न तयार छन् ।” यद्यपि, उनले रुसले यस्तो आपूर्ति गर्नेछ भनेर स्पष्ट भनेका थिएनन् । मेदभेदेव हाल रुसको सुरक्षा परिषद्को उपाध्यक्ष छन् ।

ट्रम्पको टिप्पणी आएलगत्तै इरानले कतारस्थित अमेरिकी सैन्य बेसमा क्षेप्यास्त्र प्रहार गरेको थियो । उक्त आक्रमण अमेरिकाले हालै इरानका तीन आणविक स्थलमाथि हवाई आक्रमण गरेपछि इरानको बदला स्वरूप आएको हो ।

अमेरिका र इरानबीच बढ्दो तनावकाबीच ट्रम्प र मेदभेदेवबीचको यस किसिमको विवादास्पद सार्वजनिक संवादले थप जटिल परिस्थिति सृजना गर्ने खतरा देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved