एजेन्सी । युद्धविरामको चर्चाबीच इरानले इजरायलमा प्रहार गरेको मिसाइल आक्रमणमा परी तीन जना इजरायली नागरिकको मृत्यु भएको छ । बीबीसीका अनुसार इजरायली फायर तथा रेस्क्यु सर्भिसले इरानको पछिल्लो मिसाइल आक्रमणका दक्षिणी इजरायलमा तीन जनाको मृत्यु भएको बताएको छ ।
इजराइलको आपातकालीन सेवा प्रमुख म्यागन डेभिड एडोमले भने, ‘हामीले प्रभावित स्थानमा बाक्लो धुँवा उठेको देखिएका थियौँ । त्यहाँ पुगेपछि केही भवनमा क्षति भएको पाइयो ।’
उनले एक भवनको गेटमा एक जना बेहोस मानिसलाई भेटाएको बताएका छ । उनले सो भवनभित्र एक पुरुष र एक महिला पनि बेहोस भेटिएको बताएका छन् । उनले घाइतेलाई मेडिकल सेन्टर बनाएका छन् । इजरायली सेनाले पनि इरानी मिसाइल आक्रमणका कारण मानिसहरू सेल्टरमा बस्न बाध्य भएको बताएको छ ।
आजै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल युद्धविराम गर्न सहमत भएको बताएका थिए । त्यसपछि इरानी र इजरायली पक्षबाट युद्धविरामप्रति सकारात्मक भनाइहरू आएका छन् ।
Facebook Comment
Comment