काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान बीचको युद्धविरामको बारेमा सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा एक विज्ञप्ति जारी गरेका छन् ।
उनले भनेका छन्, “इजरायल र इरान लगभग एकैसाथ मकहाँ आए र ‘शान्ति’ को लागि आग्रह गरे । मलाई थाहा थियो कि यो शान्तिको समय हो । संसार र मध्य पूर्व वास्तविक विजेता हुन् ।”
उनले थप भनेका छन्, “दुवै देशले भविष्यमा अपार प्रेम, शान्ति र समृद्धि देख्नेछन् । धर्म र सत्यको बाटोबाट तर्किएमा उनीहरूले धेरै कुरा प्राप्त गर्न सक्छन् र गुमाउन पनि धेरै कुराहरू छन् । इजरायल र इरानको भविष्य असीमित सम्भावनाहरूले भरिएको छ ।”
यता, ट्रम्पले इरान र इजरायलबीच युद्धविरामको सहमति भएको घोषणा गरिरहेका बेला इरानले इजरायली भूमितर्फ मिसाइल प्रहार गरेको छ ।
इजरायलको अग्नि तथा उद्धार सेवाले देशको दक्षिणी भागमा इरानको पछिल्लो क्षेप्यास्त्र आक्रमणमा तीन जनाको मृत्यु भएको जनाएको छ ।
“हामीले प्रभावित क्षेत्रबाट बाक्लो धुवाँ उडिरहेको देख्यौं र जब हामी नजिक पुग्यौं हामीले धेरै भवनहरूमा क्षति पुगेको देख्यौं,” इजरायलका आपत्कालीन सेवा प्रमुख म्यागेन डेभिड एडोमले दृश्य वर्णन गर्दै भने ।
Facebook Comment
Comment