एसीसी यू-१६ क्रिकेट : जापानविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

नेपालभ्युज

एसीसी यू-१६ क्रिकेट : जापानविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौं। मलेसियामा जारी एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले जापानविरुद्ध टस हारेको छ।

जापानका कप्तान चार्ली हारा-हिन्जेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो ।

नेपालले यसअघि आफ्नो पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरिसकेको छ।

यू-१६ इस्ट जोन कपमा नेपालसहित कुल १० टोलीको सहभागिता रहेको छ।

मलेसियामा जारी एसीसी मेन्स यू-१६ इस्ट जोन कप २०२५ मा कुल १० वटा टोली को सहभागिता रहेको छ।

समूह ‘ए’ मा नेपाल, सिंगापुर, इन्डोनेसिया, भुटान, जापान छन् भने समूह ‘बी’मा मलेसिया, हङकङ, चीन, थाइल्याण्ड, माल्दिभ्स र म्यानमार छन् ।

जुन २२ देखि सुरु भएको प्रतियोगिता जुलाई ५ सम्म हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved