ट्रम्पलाई ‘जुवाडे’ भन्दै आईआरजीसीको चेतावनी – युद्ध हामी समाप्त गर्नेछौं

नेपालभ्युज

ट्रम्पलाई ‘जुवाडे’ भन्दै आईआरजीसीको चेतावनी – युद्ध हामी समाप्त गर्नेछौं
तस्वीर - आईआरजीसी

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले अमेरिकाले ‘ठूलो, अफसोसजनक र अप्रत्याशित परिणामहरू’ सामना गर्नुपर्ने चेतावनी दिएको छ ।

इरानको आणविक क्षेत्रमा अमेरिकाले हवाई आक्रमण गरेपछि आईआरजीसीले यस्तो चेतावनी दिएको हो ।

प्रवक्ता इब्राहिम जोल्फाघारीले भने, “अमेरिका अब सिधै यो युद्धमा सामेल भएको र इरानको ‘पवित्र भूमि’ उल्लंघन गरेको छ । अमेरिकाले ‘ठूलो, अफसोसजनक र अप्रत्याशित परिणामहरू’ सामना गर्नुपर्नेछ, जुन ‘शक्तिशाली र लक्षित अपरेशनहरू’मार्फत हुनेछ ।”

भिडिओ सन्देशमा जोल्फाघारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सिधै अंग्रेजीमा सम्बोधन गर्दै भने, “ट्रम्प, जुवाडे ! तपाईं यो युद्ध सुरु गर्न सक्नुहुन्छ तर हामी यसलाई समाप्त गर्नेछौं ।”

यसबाहेक इरानी मिडियाले इरानका कमाण्डर इन चीफ अमिर हतामीको भिडिओ पनि जारी गरेको छ ।

जारी गरिएको यस भिडिओमा उनले भनेका छन्, “अमेरिकाले विगतमा इरानविरुद्ध जब-जब ‘अपराध’ गरेको छ, त्यसबेला ‘कडा प्रतिक्रिया’ पाएको छ र यसपटक पनि त्यस्तै हुनेछ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved