किभमा रातभर रुसी आक्रमण, चार जनाको मृत्यु

नेपालभ्युज

किभमा रातभर रुसी आक्रमण, चार जनाको मृत्यु
तस्वीर - डीएसएनएस

काठमाडौं । युक्रेनी राजधानी किभमा रातभर रुसले गरेको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको छ ।

युक्रेनी गृहमन्त्री इहोर क्लाइमेन्कोकाअनुसार आक्रमणमा आवासीय क्षेत्र, अस्पताल र खेलकुद पूर्वाधारलाई लक्षित गरिएको थियो ।

“शेभचेन्केभ्स्की जिल्लामा रहेको एक अग्लो आवासीय भवनको सम्पूर्ण भाग भत्किएको छ र केही मानिसहरू अझै पनि भग्नावशेषमुनि फसेका छन्,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

किभ क्षेत्रीय प्रमुख माइकोला कलाश्निकका अनुसार आक्रमणमा एक महिलाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

युक्रेनको आपत्‌कालीन सेवा डीएसएनएसले किभमा दुई बालबालिका र एक गर्भवती महिलासहित जम्मा १३ जना घाइते भएको जनाएको छ ।

यता, रुसी सेनाले आक्रमणको बारेमा कुनै धारणा सार्वजनिक गरेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved