टर्कीका राष्ट्रपति भन्छन् – मध्यपूर्वमा शान्ति स्थापनाको सबैभन्दा ठूलो बाधक इजरायल

नेपालभ्युज

टर्कीका राष्ट्रपति भन्छन् – मध्यपूर्वमा शान्ति स्थापनाको सबैभन्दा ठूलो बाधक इजरायल
तस्वीर - रोयटर्स

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मध्यपूर्वमा शान्ति स्थापनाको लागि इजरायल सबैभन्दा ठूलो बाधक भएको बताएका छन् ।

उनले अमेरिका र इरानबीचको छैटौं चरणको आणविक वार्ताको ठीक अगाडि इजरायलले गरेको आक्रमणको उद्देश्य वार्ता असफल पार्नु रहेको बताए ।

इस्तानबुलमा भएको कूटनीतिक सम्मेलनलाई सम्बोधन गर्दै एर्दोगानले इजरायलको कार्यलाई “खुला लुटपाट” भनेर वर्णन गरे । उनले इजरायलले मध्यपूर्वलाई अस्थिर बनाउन खोजेको आरोप लगाए ।

एर्दोगानले भने, “बेन्जामिन नेतान्याहूको सरकार यस क्षेत्रमा शान्तिको लागि सबैभन्दा ठूलो बाधा साबित भइरहेको छ । जुन १३ मा भएको आक्रमणमार्फत नेतान्याहू सरकारको वास्तविक उद्देश्य वार्ता प्रक्रियालाई पटरीबाट उतार्नु थियो ।”

यस सम्मेलनमा इरानका विदेशमन्त्री अब्बास अराघची पनि उपस्थित थिए । –बीबीसीबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved