क्लब विश्वकप

युरोपियन ‘पावरहाउस’ हराउन सफल हुँदै ब्राजिलियन क्लब, पछिल्लो ‘शिकार’ बन्यो चेल्सी

नेपालभ्युज

युरोपियन ‘पावरहाउस’ हराउन सफल हुँदै ब्राजिलियन क्लब, पछिल्लो ‘शिकार’ बन्यो चेल्सी

काठमाडौं । अमेरिकाका जारी क्लब विश्वकप फुटबलमा ब्राजिलियन र अमेरिकी क्लब यरोपियनका पावरहाउसलाई हराउन सफल भएका छन् ।

पछिल्लो समय चेल्सी ब्राजिलयन क्लबको शिकार बनेको छ । इंग्लिस महारथी चेल्सी फ्लेमेनगोसँग ३–१ गोलअन्तरले पराजित भएको छ । चेल्सी दुई पटकको च्याम्पियन्स लिग विजेता क्लब हो ।

यसअघि जुन १९ मा यूईएफए च्याम्पियन्स लिग विजेता फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ब्राजिलकै क्लब बोटाफोगोसँग १–० ले पराजित भएको थियो ।

यस्तै अमेरिकन क्लब इन्टर मियामीले पोर्चुगलको पोर्टोलाई २–१ गोल अन्तरले हराएको थियो ।

युरोपका क्लबले महंगो मूल्य खर्चेर विश्वभरका स्टार खेलाडी भित्र्याएका हुन्छन् । तर ब्राजिलियन क्लबमा भने युरोपको नजरमा नपरेका, उमेर ढल्किएका र कम अनुभवी तथा युवा खेलाडीको वर्चश्व हुने गरेको छ । अमेरिकाको अवस्था पनि यस्तै छ ।

यस्तोमा युरोपका बिग क्लब ब्राजिल र अमेरिकाका क्लबसँग पराजित हुनुलाई फुटबल पण्डितहरूले आश्चर्यजनक हिसाबले लिएको पाइएको छ ।

पछिल्लो खेलको नतिजा :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved