सेनेटरी प्याडको कर हटाउन सर्वोच्चको परमादेश

नेपालभ्युज

सेनेटरी प्याडको कर हटाउन सर्वोच्चको परमादेश

काठमाडौं । महिलाहरुले महिनावारीको बेला प्रयोग गर्ने सेनेटरी प्याडको कर हटाउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।

निवेदकद्वय श्रीना नेपाल र अभ्युदय भेटवालको रिटमा सुनुवाइ गर्दै  न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले कर हटाउन परमादेश जारी गरेको हो ।

सेनेटरी प्याडमा सरकारले १३ प्रतिशत मुल्य अभिवृद्धि कर लगाउँदै आएको थियो । सेनेटेरी प्याडको कच्चा पदार्थमा ५ प्रतिशत कर र त्यसमा १३ प्रतिशत मुल्यअभिवृद्धि कर जोड्दा १८ प्रतिशतसम्म कर लाग्दै आएको थियो ।

स्वास्थ्य सम्बन्धि सामाग्रीमा कर थोपर्नु जायज नरहेको भन्दै कर शुन्यमा झार्न निवेदकहरूले माग गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved