भूमिहीनका लागि जग्गा प्राप्तिको अवसर : निवेदन आह्वान

नेपालभ्युज

भूमिहीनका लागि जग्गा प्राप्तिको अवसर : निवेदन आह्वान

काठमाडौं । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गा वितरण गर्ने प्रक्रिया अघि बढाउँदै भूमि समस्या समाधान आयोगले निवेदन आह्वान गरेको छ।

आयोगले पुनः सूचना प्रकाशित गर्दै जग्गा पाउन इच्छुक व्यक्तिहरूलाई निवेदन दिन आग्रह गरेको हो। यसअघि वैशाख ३१ गते पहिलोपटक यो सूचना प्रकाशित भएको थियो।

कसरी दिने निवेदन?

इच्छुक भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूले तोकिएको ढाँचाको फाराम भरी आज  जेठ २९ गतेदेखि ३५ दिनभित्र निवेदन दिन सक्नेछन्।

निवेदन संकलनका लागि आयोगले स्थानीय तहका वडाहरूमा संकलकहरू खटाएको छ। सेवाग्राहीले ती संकलकहरूमार्फत आफ्नो निवेदन बुझाउन सक्ने आयोगले जनाएको छ।

यस्तो छ सूचना 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved