लाओसलाई कम आँक्दैनौं – फुटबल प्रशिक्षक रस

नेपालभ्युज

लाओसलाई कम आँक्दैनौं – फुटबल प्रशिक्षक रस

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक म्याट रसले एएफसी च्याम्पियनसिपको तेस्रो चरणमा घरेलु टोली लाओसविरुद्धको खेललाई सामान्य रुपमा नलिएको बताएका छन् ।

प्री-कन्फ्रेसका क्रममा उनले घरेलु मैदानमा लाओसले केही फाइदा लिनसक्ने हुनाले पनि आफूहरु सचेत रहेको बताए ।

साउदी अरबमा हुने च्याम्पियन्सिपका लागि जारी छनोटअन्तर्गत समूह ‘एफ’को पहिलो चरणको खेलमा नेपाली टोलीले अवेअन्तर्गत बुधबार लाओससँग प्रतिस्पर्धा गर्दैछ । खेल बुधबार साँझ ५ः४५ बजेदेखि न्यु लाओस नेसनल स्टेडियममा हुनेछ।

लाओस घरेलु मैदानमा कडा प्रतिस्पर्धीका रुपमा रहन सक्ने बताउँदै प्रशिक्षक रसले भने, ‘मलाई लाग्छ लाओस पूर्णरुपमा संगठित टोली हो । अत्यन्त आक्रामक रहेको लाओसविरुद्ध केही कमजोरी भए टोली डरलाग्दो बन्न सक्छ । त्यसैले पनि हामीले लाओसविरुद्धको खेललाई अत्यन्त गम्भीरतापूर्वक लिएका छौँ । त्यसैले पनि दुवै टोली अंक बढाउन तयार अवस्थामा रहेका छन् ।’

सोही क्रममा प्रशिक्षक रसले टोलीमा केही परिवर्तन हुने संकेत गरेका छन् । हङकङविरुद्ध खेलेको टोली नै मैदानमा उत्रनेमा केही संशय रहेको बताउँदै उनले भने, ‘हङकङविरुद्ध मैदानमा उत्रिएको टोलीमा केही फेरबदल हुन सक्छ । सम्भवतः हामी बलियो टोली मैदानमा उतार्नेछौँ ।’

हङकङविरुद्धको खेलमा डिफेन्स सनिश श्रेष्ठ घाइते भएका थिए ।

प्रेस कन्फ्रेन्सका क्रममा नेपाली टोलीका कप्तान किरण चेम्जोङले लाओसविरुद्ध खेल्न सधै सकारात्मक रुपमा तयार रहेको बताए ।

‘लाओसविरुद्ध प्रतिस्पर्धा गर्न हामी सधै उत्सुक र तयार रहेका छौं । पछिल्लो चारवटा खेलमा मैले पनि सहभागिता जनाएको छु । त्यसैले पनि लोओसको खेलका लागि हामी शारिरीक र मानसिक रुपमा तयार रहेका छौं, ’ कप्तान चेम्जोङले भने ।

यसअघिका विभिन्न ६ वटा खेलमा नेपालले ४ वटामा जित र दुई वटामा बराबरी खेलेको छ ।

यद्यपि, लाओसको घरेलु मैदानमा नेपालले एकमा जित र एकमा बराबरी गरेको छ । तेस्रो चरणको खेलअन्तर्गत नेपालले मलेसियासँग २-० र लाओसले भियतनामसँग ५-० को हार व्यहोरिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved