सन्तोषीलाई एनओसीको बिदाइ

नेपालभ्युज

सन्तोषीलाई एनओसीको बिदाइ

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले १२औं इन्टरनेसनल एथ्लेट्स फोरममा सहभागी हुने ओलम्पिक धाविका सन्तोषी श्रेष्ठलाई बिदाइ गरेको छ ।

एक कार्यक्रमबीच एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले सन्तोषीलाई बिदाइ गरेका हुन् ।

उक्त इन्टरनेसनल एथ्लेट्स फोरम आगामी बुधबार र बिहीबार स्विट्जरल्यान्डको लुजेन शहरमा आयोजना हुँदैछ ।

सो बिदाइ कार्यक्रममा एनओसीका उपाध्यक्ष अशोक बज्राचार्य, एनओसीका सचिव रामकृष्ण श्रेष्ठ बोस र एनओसीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved