कार्लोस अल्काराजलाई लगातार दोस्रो पटक फ्रेन्च ओपन च्याम्पियन उपाधि

नेपालभ्युज

कार्लोस अल्काराजलाई लगातार दोस्रो पटक फ्रेन्च ओपन च्याम्पियन उपाधि

काठमाडौं । स्पेनका युवा खेलाडी कार्लोस अल्काराजले लगातार दोस्रो पटक फ्रेन्च ओपनको उपाधि जितेका छन्।

२२ वर्षका अल्काराजले इटलीका यानिक सिनरलाई ४–६, ६–७ (४), ६–४, ७–६ (३), ७–६ (१०–२) ले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेका हुन् ।

यो खेल ५ घण्टा २९ मिनेटसम्म चल्यो, जुन फ्रेन्च ओपनको इतिहासमा अहिलेसम्मको सबैभन्दा लामो फाइनल हो।

यो अल्काराजको पाँचौं ग्र्यान्डस्लैम उपाधि हो। टेनिसको चारवटा सबैभन्दा प्रतिष्ठित र महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताहरूलाई संयुक्त रूपमा ग्र्यान्डस्लैम भनिन्छ ।

अहिलेसम्म उनले दुई पटक विम्बलडन (२०२३, २०२४), दुई पटक फ्रेन्च ओपन (२०२४, २०२५) र एक पटक यूएस ओपन (२०२२) को उपाधि जितिसकेका छन्।

आफ्नो जितपछि अल्काराजले प्रतिद्वन्द्वी सिनरको प्रशंसा गर्दै भने, ‘तपाईंको खेल साँच्चिकै उत्कृष्ट छ। प्रत्येक प्रतियोगितामा तपाईंको साथमा कोर्टमा हुनु र इतिहासको हिस्सा बन्नु मेरो लागि गर्वको कुरा हो।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved