स्कटल्यान्डविरुद्ध नेपालको कसिलो बलिङ, करणले लिए दुई विकेट

नेपालभ्युज

स्कटल्यान्डविरुद्ध नेपालको कसिलो बलिङ, करणले लिए दुई विकेट

काठमाडौं । आईसीसी विश्वकप लिग– २ को स्कटल्यान्ड सिरिजमा अहिले नेपाल र घरेलु टिम स्कटल्यान्डबीच खेल भइरहेको छ । डन्डीस्थित फोर्टहिलमा जारी खेलकामा टस जितेर स्कटिस कप्तान रिची ब्रिङ्टनले पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए । तर, करण केसीले उनको त्यो निर्णय गलत सावित गर्दै दोस्रो ओभरमै पहिलो झड्का दिए ।

करणले १० ओभरको खेल सकिँदा ५ ओभरमा मात्र १२ रन दिएर दुई विकेट लिएका छन् । उनले पहिलो सिकार जर्ज मुन्सेको गरेका थिए भने दोस्रो विकेटका रूपमा ब्रान्डन म्याकमुलेन आउट भए । करणले एक इन्डबाट कसिलो बलिङ गर्दा अर्को इन्डबाट सोमपाल कामी भने महँगो सावित भए । उनले ३ ओभरमा २३ रन दिए । १० ओभरमा स्कटल्यान्डले २ विकेट गुमाएर ४४ रन बनाएको छ । उसका चार्ली टियर र रिची ब्रिङटन क्रिजमा छन् ।

जारी लिगको पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई पराजित गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved