डब्लुएमएसी ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण

नेपालभ्युज

डब्लुएमएसी ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण

काठमाडौं । सरिना घलेले डब्लुएमएसी ब्रिटिस ओपन च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् ।

यूकेको ग्लोसेस्टरस्थित अक्सटल्स स्पोर्ट्स एरिनामा भएको प्रतियोगितामा सरिनाले चाइनिज क्रिएटिभ फममा स्वर्ण जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईले जानकारी गराएका हुन् ।

सरिनाले स्कटल्यान्डकी एमेलिया पार्किनलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । गत फेब्रुअरी ९ तारिखमा यूकेमै भएको डब्लुएमएसी इङलिस च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । सरिना यूकेमै मास्टर्स अध्ययन गरिरहेकी छिन् ।

उमा कुङफुकी तेस्रो डान सरिनाले यूकैमै सेप्टेम्बर १८ देखि २१ तारिखसम्म हुने डब्लुएमएसी इलाइट वल्र्ड च्याम्पियनसिपमा सहभागिता जनाउने अध्यक्ष राईले जानकारी गराए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved