सुनचाँदीको मूल्य घट्यो

नेपालभ्युज

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आइतबार छापावाला सुन तोलामा ३ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आइतबार छापावाल सुनको मूल्य १ लाख ९० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाला सुन १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला २ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

यसअघि शुक्रबार चाँदी २ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved