यी हुन् छनोट पार गर्दै विश्वकपमा स्थान बनाएका सात टोली

नेपालभ्युज

यी हुन् छनोट पार गर्दै विश्वकपमा स्थान बनाएका सात टोली
पहिलो पटक विश्वकपमा छानिएपछि जोर्डनका खेलाडी ।

काठमाडौं । आगामी वर्ष क्यानडा, मेक्सिको र अमेरिकामा हुन गइरहेको २३ औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिताका लागि सात टोलीले छनोट चरण पार गरेका छन् ।

पछिल्लोपटक जोर्डन छनोट भएसँगै विश्वकप खेल्ने टोलीको संख्या १० पुगेको छ ।

सात टोलीले छनोट चरण पार गर्दा क्यानडा, मेक्सिको र अमेरिकाले आयोजकको रुपमा प्रतियोगितामा स्थान बनाएका हुन् ।

पछिल्लो खेलमा ओमानलाई ३–० गोलअन्तरले हराउँदै जोर्डन छनोट भएको हो ।

यसअघि २० मार्चमा एसियाली देश जापान छनोट पार गर्ने पहिलो टोली बनेको थियो । त्यसपछि ओसियाना क्षेत्रबाट न्युजिल्यान्ड, एसियाबाट इरान र दक्षिण अमेरिकाबाट साविक विजेता अर्जेन्टिना छनोट भएका थिए ।

यसपछि एसियाली राष्ट्रहरू उज्वेकिस्तान, दक्षिण कोरिया र जोर्डन छनोट भएका हुन् । उज्वेकिस्तान र जोर्डनले पहिलोपटक विश्वकपमा सहभागिता जनाएका हुन् ।

यसअघि ३२ टोलीले सहभागिता जनाउँदै आएकोमा अबको संस्करणदेखि ४८ ले भाग लिनेछन् ।

एसियाबाट आठ, अफ्रिकाबाट नौ, उत्तर, मध्य तथा क्यारेबियन क्षेत्रबाट तीन आयोजकसहित ६, ओसियानाबाट एक र युरोपबाट १६ टोली छानिनेछन् ।

बाँकी ६ टोली भने प्ले अफबाट छनोट हुनेछन् ।

चार पटकको विजेता इटालीलाई लगातार तेस्रो विश्वकपमा छनोट नहुने डर

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved