नवलपरासीमा अवरुद्ध पूर्व-पश्चिम राजमार्ग एकतर्फी खुल्यो

नेपालभ्युज

नवलपरासीमा अवरुद्ध पूर्व-पश्चिम राजमार्ग एकतर्फी खुल्यो

काठमाडौं । रातभर परेको वर्षाका कारण डाइभर्सन बगाएपछि अवरुद्ध बनेको पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट-दुम्किबास सडक खण्ड पाँच घण्टापछि एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

बर्दघाट बजारबाट ५ किलोमिटर पूर्व खुर्सानी खोलामा पाँच दिनअघि मात्रै निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगाएपछि यातायात बिहीबार मध्यरातदेखि ठप्प भएको थियो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) का इन्स्पेक्टर नारायण थापाका अनुसार अवरुद्ध सडक बिहीबार बिहान ६ बजेदेखि एकतर्फी खुलाइएको छ।

यसैगरी, चोरमारास्थित गिरुबारी खोलाको डाइभर्सन पनि बाढीले बगाएको छ। उक्त स्थानमा ठूला मालबाहक गाडी रोकिएका छन् भने रात्रि बसलगायतका अन्य हलुका सवारी साधनलाई होङ्सी सिमेन्ट उद्योगतर्फको बाटो प्रयोग गरी आवतजावत गराइएको छ।

बुधबार राति करिब १ बजेदेखि परेको अविरल वर्षाले बुटवल-नारायणगढ सडक खण्डको दाउन्ने क्षेत्रको खुर्सानी खोलामा सडक भासिनुका साथै दुम्किबासको विनयी खोला र चोरमारास्थित गिरुबारी खोलाको डाइभर्सन बगाएको थियो।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) अन्तर्गत पर्ने चोरमारा पुल गत वैशाख २९ गते र दुम्कीवास पुल गत पुस २६ गते भाँचिएपछि खोलाबाट डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन हुँदै आएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved