एम्बाप्पेले रियल पुगेको पहिलो सिजनमै जिते युरोपियन गोल्डेन बुट

नेपालभ्युज

एम्बाप्पेले रियल पुगेको पहिलो सिजनमै जिते युरोपियन गोल्डेन बुट

काठमाडौं । स्पेनिस फुटबल क्लब रियल म्याड्रिड पुगेका फरवार्ड केलियन एम्बाप्पेले पहिलो सिजनमै युरोपियन गोल्डेन बुटको उपाधि जितेका छन् ।

डेब्यू सिजनमै ला लिगामा ३४ खेलमा ३१ गोल गरेका फ्रान्सेली फरवार्डले ६२ अङ्क जोड्दै गोल्डेन बुट जितेका हुन् ।

भिक्टर ग्योकेरेसले पोर्चुगिज लिगमा ३९ गोल गरेर एम्बाप्पेलाई गोल्डेन बुटको दौडमा चुनौती दिएका थिए । यद्यपि, प्रतिगोल १.५ अङ्क पाउँदा उनले ५८.५ अङ्कमात्र प्राप्त गरे ।

एमबाप्पेले ला लिगाको उच्च गुणांक (२)को फाइदा उठाउँदै उपाधि जिते ।  रियल सोसिडाडविरुद्धको उनले दुई गोल गरेपछि उनले उपाधि आफ्नो पोल्टामा पारेका हुन् ।

एमबाप्पेले आफ्नो करिअरमा गोल्डेन बुट जितेको यो पहिलो पटक हो । रियल म्याड्रिडका लागि यो उनीहरूको पाँचौं गोल्डेन बुट जित हो ।क्रिस्टियानो रोनाल्डोले यो तीन पटक (२०११, २०१४, २०१५) जितेका थिए र ह्युगो सान्चेजले एक पटक (१९९०) जितेका छन् ।

एमबाप्पेले आफ्नो पहिलो सिजनमै इतिहास रचेका छन् । उनले क्लबबाट पहिलो सिजनमै कुल ४३ गोल गर्न सफल भएका छन् । एमबाप्पेले ३७ गोल गर्ने इभान जामोरानो र ३३ गोल गर्ने क्रिस्टियानो रोनाल्डोको रेकर्डलाई तोडेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved