काठमाडौं । गाजामा इजरायलले एक डाक्टरको घरमा हवाई आक्रमण गर्दा नौ जनाको मृत्यु भएको छ ।
डा. अला अल नज्जरकी १० सन्तानमध्ये नौ जनाको मृत्यु भएको उनी कार्यरत नासेर अस्पतालले जानकारी दिएको छ ।
नज्जरका एक छोरा र उनका श्रीमान् घाइते भएको तर बाँच्न सफल भएको बताएको बीबीसीले जनाएको छ ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका निर्देशक डा. मुनीर अल्बोर्शले एक्समा भने, “डा. अल नज्जरका श्रीमान् हम्दी आफ्नी श्रीमतीलाई काममा लगेर घर फर्केको केही मिनेटपछि अल-नज्जरको परिवारको घरमा आक्रमण भएको थियो ।”
नासेर अस्पतालमा काम गर्ने बेलायती सर्जन ग्रीम ग्रुमले नज्जरकी ११ वर्षीय छोराको शल्यक्रिया गरेको बताएका छन् ।
इजरायली रक्षा बलले गाजाभरि १०० भन्दा बढी निशानाहरूमा आक्रमण गरेको बताएको छ।
स्वास्थ्य मन्त्रालयले शनिबार मध्यान्हसम्मको २४ घण्टाको अवधिमा इजरायली सेनाले कम्तीमा ७४ जनाको हत्या गरेको आरोप लगाएको छ ।
Facebook Comment
Comment