याङ्गुन । म्यान्मारका एक अवकाशप्राप्त जनरलको बिहीबार गोली हानी हत्या गरिएको दुई सैन्य स्रोतले बताएका छन् । हत्या गरिएका पूर्वजनरलले कम्बोडियाका लागि पूर्वराजदूतसमेत भई काम गरेका थिए ।
म्यान्मारको सेनाले सन् २०२१ मा भएको ‘कू’मार्फत सत्ता कब्जा गरेपछि देशको सीमानामा लामो समयदेखि सक्रिय प्रजातन्त्र समर्थक समूह र पुनरुत्थानवादी जातीय सशस्त्र समूहविरुद्ध गृहयुद्ध सुरु भएको थियो ।
अधिकांश युद्ध ग्रामीण क्षेत्र र साना बस्तीहरूमा मात्र सीमित छ । म्यान्मारको सबैभन्दा ठूलो सहर याङ्गुन प्रहरी अड्डा र जुन्ता–सम्बद्ध अखडाहरूमा छिटपुट ग्रिनेड र बन्दुक आक्रमणहरू नियमित रूपमा हुने गरेकाे छ ।
सेनानिकट स्रोतका अनुसार कम्बोडियाका पूर्वजनरल तथा कम्बोडियाका राजदूत चो तुन आङलाई स्थानीय समयअनुसार बिहान ८ः३० बजे तिर याङ्गुनस्थित उनको घरबाहिर गोली हानी हत्या गरिएको थियो ।
नाम नबताउने शर्तमा स्रोतले भन्यो, ‘उहाँ हरेक बिहान खाना दान गर्नुहुन्थ्यो । बन्दुकधारी आक्रमणकारीले उहाँको हत्या गर्न सोही मौका प्रयोग गरेका देखिएको छ।’
आफू सूचना सार्वजनिक गर्ने अख्तियारप्राप्त व्यक्ति नभएको बताउँदै नाम नबताउने शर्तमा एक सैनिक अधिकारीले चो तुन आङलाई गोली हानेर मारिएको पुष्टि गरेका छन् ।
एएफपीले तत्काल उनीहरूको दाबीको स्वतन्त्र पुष्टि गर्न सकेको छैन र जुन्ताका प्रवक्तासँग टिप्पणीका लागि सम्पर्क गर्न खोजिएको तर सम्पर्क हुन नसकेको उनले बताए ।
उक्त आक्रमणको जिम्मेवारी ‘गोल्डेन भ्याली वारियर्स’ले लिँदै चो तुन आङ जुन्टा प्रमुख मिन आङ ह्लाइङका विश्वासपात्र रहेको र आफ्नो सेवा निवृत्तिको समयमा एक डिफेन्स एकेडेमीमा अध्यापन गरिरहेको बताएको छ ।
‘हाम्रो लामो समयसम्म सूचना सङ्कलन र प्रमाणीकरण गरेपछि उहाँमाथि आक्रमण गरेको हो,’ गोल्डेन भ्याली लडाकू समूहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
Facebook Comment
Comment