काठमाडौं । इङ्ग्ल्याण्ड भ्रमणका लागि भारतको अन्डर–१९ क्रिकेट टोली घोषणा गरिएको छ । आयुष म्हात्रे टोलीको कप्तानीमा बिहीबार १५ सदस्यीय टोली घोषणा गरिएको हो ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)का अनुसार जुन २४ देखि सुरु हुने भ्रमणमा अभ्यास खेलबाहेक भारतीय टोलीले पाँच एकदिवसीय खेल र एक बहु–दिवसीय खेल पनि खेल्नेछ ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा उत्कृष्ट प्रदर्शन गरिरहेका वैभव सूर्यवंशीलाई पनि टोलीमा समावेश गरिएको छ । अभिज्ञान कुन्डु टोलीको उपकप्तान हुनेछन् ।
यू–१९ टोलीले जुलाई २३ देखि इङ्ल्यान्ड भ्रमणमा आफ्नो अन्तिम खेल खेल्नेछ ।
राजस्थान रोयल्सका १४ वर्षीय वैभवले गत महिना आईपीएल इतिहासकै दोस्रो छिटो शतकीय इनिङ्स खेलेका थिए । वैभवले गुजरात टाइटन्सविरुद्ध ३५ बलमै शतक लगाएका हुन् ।
आईपीएलको इतिहासमा सबैभन्दा कम बलमा शतक बनाउने खेलाडी वेस्ट इन्डिजका क्रिस गेल हुन् ।
सन् २०१३ मा गिलले बेंग्लोरबाट खेल्ने क्रममा पूणेविरुद्ध ३० बलमा शतक लगाएका थिए । वैभवले भने यसपालि राजस्थानका पूर्वखेलाडी युसुफ पठानको दोस्रो छिटो शतक तोडेका छन् । पठानले सन् २०१० मा मुम्बई इन्डियन्सविरुद्ध ३७ बलमा शतक बनाएका थिए ।
यस्ताे छ India U-19 Squad :
Ayush Mhatre (Captain), Vaibhav Sooryavanshi, Vihaan Malhotra, Maulyarajsinh Chavda, Rahul Kumar, Abhigyan Kundu (Vice-Captain & WK), Harvansh Singh (WK), R S Ambrish, Kanishk Chouhan, Khilan Patel, Henil Patel, Yudhajit Guha, Pranav Raghavendra, Mohammed Enaan, Aditya Rana, Anmoljeet Singh
Standby Players: Naman Pushpak, D Deepesh, Vedant Trivedi, Vikalp Tiwari, Alankrith Rapole (WK)
Facebook Comment
Comment