गाजामा पर्याप्त मानवीय सहायता पुर्‍याउन पोप लियोको अपिल

नेपालभ्युज

गाजामा पर्याप्त मानवीय सहायता पुर्‍याउन पोप लियोको अपिल

काठमाडौं । भ्याटिकनमा, पोप लियोले गाजामा मानवीय सहयोग गर्न अपिल गरेका छन् ।

बुधबार आयोजित एक कार्यक्रमा उनले गाजामा पर्याप्त मानवीय सहायता पुर्‍याउन आह्वान गरेका हुन् ।

‘गाजा पट्टीको अवस्था दिन प्रतिदिन चिन्ताजनक र पीडादायी हुँदै गइरहेको छ,’ सेन्ट पिटर्स स्क्वायरमा आम दर्शकदीर्घासँगको पहिलो साक्षत्कारमा भने, ‘म मानवीय सहायता गाजा प्रवेश गर्न अनुमति दिन अपिल गर्दछु । त्यहाँ वृद्धवृद्धा, बिरामी र बालबालिकाहरू सबैभन्दा बढी पीडित छन् ।’

इजरायलले गाजामा आफ्नो नयाँ सैन्य कारबाही घोषणा गर्दै मानवीय सहायतामा राेक लगाइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved