रविको मुद्दामा भोलि सुनुवाइ हुने, तारेख तोकियो

नेपालभ्युज

रविको मुद्दामा भोलि सुनुवाइ हुने, तारेख तोकियो

काठमाडौं । हेर्दाहेर्दैमा रहेको रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा बिहीबार सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतको वेवसाइटमा मुद्दाको विवरणमा मुद्दाका लागि बिहीबारको तारेख दिइएको छ ।

मङ्गलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राखेको थियो । मंगलबार बहस नसिकएपछि बुधबारका लागि सुनुवाइका लागि तारेख तोकिए पनि सुनुवाइका लागि पेसी तोकिएको थिएन ।

बुधबार न्यायाधीश सुवेदी संवैधानिक इजलासमा रहेकोले लामिछानेको रिटमा सुनुवाइ नभएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved