काठमाडौं । बलिउड अभिनेता सुनील शेट्टीले परेश रावलले फिल्म ‘हेरा फेरी ३’ छोड्ने निर्णयबाट आफू दुःखी भएको बताएका छन् ।
‘हेरा फेरी’ र ‘फिर हेरा फेरी’मा ‘बाबुराव’ को भूमिका निर्वाह गरेका परेशले हालै ‘हेरा फेरी ३’ को हिस्सा नहुने घोषणा गरेका छन् ।
दुवै फिल्ममा ‘श्याम’को भूमिका निर्वाह गरेका सुनिलले यसबारे प्रतिक्रिया दिएका छन् ।
सुनील आजकल आफ्नो फिल्म ‘केसरी वीर: द लेजेन्ड अफ सोमनाथ’ को प्रचारमा छन् । फिल्मको प्रमोशनल कार्यक्रमको क्रममा उनलाई ‘हेरा फेरी ३’ र परेश रावलको यसबाट अलग भएको बारेमा प्रश्न गरिएको थियो ।
यसको जवाफमा उनले भने, “म दु:खी छु, तर मलाई विश्वास छ कि सबै ठीकठाक हुनेछ… यदि फिल्म बनेन भने पनि म परेश र अक्षय (कुमार)बीच कुनै दुश्मनी चाहन्नँ ।”
यता, अक्षय कुमारले आफ्नो प्रोडक्सन हाउस ‘केप अफ गुड फिल्म्स’मार्फत रावललाई कानुनी सूचना पठाएको खबर छ । यस सूचनामा उनले फिल्मको छायाङ्कन बीचैमा छोडेर अव्यवसायिक तरिका अपनाएकोमा २५ करोड भारु माग गरेका छन् ।
अक्षय कुमारले हाले परेश रावलविरुद्ध मुद्दा, २५ करोड माग
Facebook Comment
Comment