विश्वकै उत्कृष्ट मिसाइल रक्षा प्रणाली ‘गोल्डेन डोम’ बनाउने ट्रम्पको योजना सार्वजनिक

परियोजनाको अनुमानित लागत करिब १७५ बिलियन डलर हुने ट्रम्पले बताए। उनले आगामी वर्षको रक्षा बजेटमा प्रारम्भिक २५ बिलियन डलर पहिले नै छुट्याइएको जानकारी दिए।

नेपालभ्युज

विश्वकै उत्कृष्ट मिसाइल रक्षा प्रणाली ‘गोल्डेन डोम’ बनाउने ट्रम्पको योजना सार्वजनिक

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक महत्त्वाकांक्षी मिसाइल रक्षा प्रणाली ‘गोल्डेन डोम’ को योजना सार्वजनिक गरेका छन्, जसलाई उनले देशको सुरक्षा र अस्तित्वका लागि अत्यन्त महत्त्वपूर्ण भनेका छन्।

ओभल हाउसमा रक्षामन्त्री पिट हेगसेथसँगै बोल्दै ट्रम्पले यो प्रणाली करिब तीन वर्षभित्र सञ्चालनमा आउने आशा व्यक्त गरे।

ट्रम्पका अनुसार, ‘गोल्डेन डोम’ पूर्ण रूपमा निर्माण भएपछि विश्वका कुनै पनि कुनाबाट प्रक्षेपण गरिएका मिसाइलहरूलाई अवरुद्ध गर्न सक्षम हुनेछ। उनले यसलाई अहिलेसम्म बनाइएको सबैभन्दा उत्कृष्ट प्रणाली दाबी गर्दै अन्तरिक्षबाटै प्रहार भएपनि मिसाइलहरुलाई यसले रोक्ने क्षमता राख्ने बताए।

यस अत्याधुनिक प्रणालीको संरचना तय भइसकेको ट्रम्पले जानकारी दिए। यसमा जमिन, समुद्र र अन्तरिक्षमा आधारित प्रविधिहरू प्रयोग गरिनेछ, जसमा अन्तरिक्षमा आधारित सेन्सर र इन्केप्टरहरू पनि समावेश हुनेछन्। यस महत्त्वाकांक्षी परियोजनाको नेतृत्व अमेरिकी अन्तरिक्ष सेनाका उप प्रमुख जनरल माइकल गुएटलाइनले गर्नेछन्।

परियोजनाको अनुमानित लागत करिब १७५ बिलियन डलर हुने ट्रम्पले बताए। उनले आगामी वर्षको रक्षा बजेटमा प्रारम्भिक २५ बिलियन डलर पहिले नै छुट्याइएको जानकारी दिए। ट्रम्पले यस परियोजनालाई ‘देशको सफलताको मात्र होइन, अस्तित्वको लागि पनि अत्यन्तै महत्त्वपूर्ण’ भन्दै उच्च प्राथमिकताको रूपमा चित्रण गरे।

उनले क्यानडाले पनि अमेरिकालाई सम्पर्क गरेर परियोजनामा सहभागी हुन चाहेको जानकारी दिए। ट्रम्पले लामो समयदेखि अमेरिकाको लागि इजरायलको आइरन डोम जस्तै मिसाइल रक्षा प्रणाली बनाउने चाहना व्यक्त गर्दै आएका थिए।

यसअघि मार्चमा काँग्रेसलाई सम्बोधन गर्दै उनले ‘गोल्डेन डोम’ निर्माणको लागि बजेट पारित गर्न आग्रह गरेका थिए। जनवरीमा कार्यभार सम्हालेको केही दिनमै ट्रम्पले ‘द आइरन डोम अफ अमेरिका’ निर्माण गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved