गभर्नर नियुक्तिको चर्चासँगै नेप्सेमा उछाल, ७ अर्बमाथिको कारोबार

नेपालभ्युज

गभर्नर नियुक्तिको चर्चासँगै नेप्सेमा उछाल, ७ अर्बमाथिको कारोबार
प्रतीकात्मक तस्वीर

काठमाडौं । गभर्नर नियुक्तिको चर्चासँगै आज सेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ४९ दशमलव ०९ अङ्कले बढेर २६७७ दशमलव ४५ को विन्दुमा पुगेको छ ।

मङ्गलवार ३१० कम्पनीका ७३ हजार ०५४ पटकको कारोबारमा १ करोड ६८ लाख ८८ हजार ४५९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ३१ करोड २७ लाख ९० हजार रुपैयाँ रहेको छ ।

२२९ कम्पनीमा हरियाली छाउँदा १५ कम्पनी घटेका छन् भने एक कम्पनीको मूल्य स्थिर रहेको छ । आज १३ वटै उपसमूहमा हरियाली छाएको छ ।

सिन्धु विकास बैङ्क र सप्तकोशी विकास बैङ्कका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा आज राधी विद्युत्‌मा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved