इजरायली अर्थमन्त्री भन्छन्– गाजामा जे बचेको छ सबै खत्तम पारिदिन्छौँ

नेपालभ्युज

इजरायली अर्थमन्त्री भन्छन्– गाजामा जे बचेको छ सबै खत्तम पारिदिन्छौँ

काठमाडौं । इजराइलका अर्थमन्त्री बेजेलेल स्मोट्रिचले गाजामा जति बचेको छ, त्यो सबै समाप्त पारिदिने बताएका छन् । इजरायली सेनाले गाजामा भीषण स्थल कारबाही सुरु गरेपछि उनको यो भनाइ आएको हो । बीबीसीका अनुसार उनले भनेका छन्, ‘इजराइली सेनाले गाजामा जे बचेको छ, त्यो सबै खत्तम गरिरहेको छ ।’
पत्रकार सम्मेलनमा उनले गाजामा सीमित खानेकुरा पठाइएको उल्लेख गर्दै त्यो हमाससम्म नपुग्ने दाबी गरेका छन् । उनले केही खानेकुरा गाजामा पठाइएको तर त्यो हमासलाई नदिइने बताए ।

उनले आवश्यक मात्र सामान आममानिसहरूसम्म पुग्ने भन्दै संसारले इजरायललाई युद्ध अपराधको आरोप नलगाओस् भनेर त्यसो गरिएको बताए । उनले भने, ‘आगामी दिनहरूमा गाजामा निकै सीमित सहायता पुग्नेछ । केही बेकरी, केही रोटी बाँडिनेछ । सार्वजनिक भान्सामा एकपटक पाकेको खाना वितरण गरिनेछ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved