काठमाडौं । साउदी अरेबियाले नेपाललाई उपहारस्वरूप २५ टन साउदी खजुर दिएको छ ।
नेपालमा किङ्ग सलमान मानवीय सहायता तथा राहत केन्द्रको पहिलो कार्यक्रमको उद्घाटन गर्दै सोमबार नेपालका लागि साउदी राजदूत साद नासेर अबु हैमदले उक्त खजुर उपहार दिएका हुन् ।
उक्त खजुर नेपालको विभिन्न निकाय, सरकारी विद्यालय, विश्वविद्यालय, अनाथालय आदि गरी कुल १२–१५ श्रेणीमा विभाजन गरेर वितरण गरिने गृह मन्त्रालयका उपसचिव छविलाल पौडेलले जानकारी दिए ।

यस अवसरमा राजदूतलेनेपाललगायत विश्वका विभिन्न देश र जनतालाई प्रदान गर्ने राहत र सहयोगका लागि दुई पवित्र मस्जिदका संरक्षक राजा सलमान बिन अब्दुल अजीज र युवराज तथा प्रधानमन्त्री राजकुमार मोहम्मद बिन सलमानलाई धन्यवाद ज्ञापन गरेका थिए ।
उक्त सहयोगले धेरै मानिसको पीडा कम गर्न परोपकारी र मानवीय कार्यमा आफ्नो अग्रगामी भूमिकालाई मूर्तरूप दिने साउदीको विश्वास छ ।
उद्घाटन समारोहमा विभिन्न परोपकारी संस्थाका प्रमुख तथा विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो । सन् १९९७ को मार्च १५ गते नेपाल र साउदीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

तस्वीर – सरोज बस्नेत/नेपालभ्यूज
Facebook Comment
Comment