विश्वकप एसिया छनोट सुपर थ्री:

यूएईलाई हराउँदै नेपाल ग्लोबल छनोटमा

नेपालभ्युज

यूएईलाई हराउँदै नेपाल ग्लोबल छनोटमा
तस्वीर - क्यान

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा यूएईलाई पराजित गर्दै नेपालले ग्लोबल छनोटमा स्थान पक्का गरेको छ ।

थाइल्याण्डको बैंककस्थित टर्डथाई क्रिकेट मैदानमा सोमबार भएको सुपर थ्रीको रोमाञ्चक खेलमा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको हो ।

यूएईले दिएको ११५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालका लागि कप्तान इन्दु बर्मा ३० र रुबी पोद्दार ६ रनमा अविजित रहिन् । रुबिना क्षेत्रीले २३, सम्झाना खड्काले २१, कप्तान इन्दु बर्माले १४, पूजा महतोले १३, राजमती ऐरीले ८ र कविता कुँवरले ५ रन बनाइन् ।

यूएईका लागि इशा ओझा, वैशनवी महेश, मिशेल बोथा र सुरक्षा कोटेले १–१ विकेट लिइन् ।

यसअघि पहिले ब्याटिङ गरेको यूएईले पूरै २० ओभर खेलेर ७ विकेटको क्षतिमा ११४ रन बनाएको थियो ।

यूएईका लागि इशा ओझाले ३९ रन र तीर्था शतिशले २१ रन बनाइन् ।

नेपालका लागि मनिषा उपाध्यायले ४ विकेट लिइन् । उनले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिइन् । कविता कुँवरले २ तथा राजमती ऐरीले १ विकेट लिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved