रोमानियाको चुनावमा निकुसर डान विजयी, रुसलाई धक्का

नेपालभ्युज

रोमानियाको चुनावमा निकुसर डान विजयी, रुसलाई धक्का

एजेन्सी । रोमानियाको चुनावमा युरोपेली संघ (ईयू) समर्थक उम्मेदवार निकुसर डानले दोस्रो चरणको मतदानमा विजयी भएका छन्।

यससँगै, रुसी समर्थक नेता जर्ज सिमोन  पराजित भएका छन् । निकुसर डानको जितलाई रुसको लागि ठूलो धक्का मानिएको छ।

पहिलो चरणको मतदानमा सिमोन अगाडि थिए, जसले रोमानियाको विदेश नीतिमा ठूलो परिवर्तन आउने अनुमान गरिएको थियो।

आइतबार भएको दोस्रो चरणको मतदानमा, १ करोड १० लाख मतमध्ये करिब १ करोड मत गणना हुँदा निकुसर डानले ५४.३२ प्रतिशत मत प्राप्त गरे, जबकि जर्ज सिमोनले ४५ प्रतिशत मात्रै मत पाए।

केही महिना अघि भएको चुनावमा रुसी हस्तक्षेपको आरोप लागेपछि रोमानियाको सर्वोच्च अदालतले त्यसलाई रद्द गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved