समिट एयरको जहाज लुक्ला नपुगी काठमाडौं फर्कियो

नेपालभ्युज

समिट एयरको जहाज लुक्ला नपुगी काठमाडौं फर्कियो

काठमाडौं । काठमाडौंबाट सोलुखुम्बुको लुक्लाका लागि उडेको समिट एयरको एउटा जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्किएको छ।

आज बिहान ६ः१२ बजे काठमाडौंबाट लुक्लाका लागि उडेको समिट एयरको जहाजको इन्जिनमा समस्या देखिएपछि चालक दलले सुरक्षित रूपमा काठमाडौं विमानस्थलमा अवतरण गराउने तयारी गरेको विमानस्थल स्रोतले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved