इजरायलले भन्यो – गाजामा ‘युद्ध अन्त्य गर्ने’ सम्झौताका लागि तयार छौं

नेपालभ्युज

इजरायलले भन्यो – गाजामा ‘युद्ध अन्त्य गर्ने’ सम्झौताका लागि तयार छौं

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा जारी द्वन्द्व अन्त्य गर्ने सम्झौताका लागि शर्त तय गर्ने गरी हमाससँग सम्झौता गर्न तयार रहेको सङ्केत गरेका छन् ।

प्रधानमन्त्री नेतन्याहुको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस क्षणमा पनि दोहामा वार्ता टोलीले विटकोफ फ्रेमवर्कअनुसार होस् वा युद्ध अन्त्यको एक भागको रूपमा सम्झौताका लागि सबै सम्भावनालाई खोज्न काम गरिरहेको छ ।”

विज्ञप्तिमा अगाडि भनिएको छ, “सम्झौताले सबै बन्धकहरूको रिहाई, हमास ‘आतङ्ककारी’ हरूको निर्वासन र गाजा पट्टीको निःशस्त्रीकरण समावेश गर्नेगरी वार्ता टोलीले काम गर्नेछ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved