कतारमा युद्धविरामको वार्ता चलिरहेकै बेला इजरायली सेनाको गाजामा भीषण आक्रमण

कम्तीमा ५९ जना प्यालेस्टाइनी मारिए

नेपालभ्युज

कतारमा युद्धविरामको वार्ता चलिरहेकै बेला इजरायली सेनाको गाजामा भीषण आक्रमण

काठमाडौं । कतार र अमेरिकाको मध्यस्थतामा कतारमा हमास र इजरायलबीच वार्ता चलिरहँदा इजरायली सेनाले भने गाजामा भीषण आक्रमण गरेको । अलजजिराका अनुसार गाजाको जबालिया क्षेत्रमा इजरायली सेनाले गए राति भीषण आक्रमण गरेको छ ।

गए रातिको आक्रमणमा कम्तीमा ५९ जना प्यालेस्टाइनी मारिएको जनाइएको छ । इजरायली सेनाले जबालिया र अलमावासीमा आक्रमण गरेको छ । अलमवासीमा कम्तीमा ३६ जना प्यालेस्टाइनी मारिएका छन् । यो क्षेत्रलाई सुरक्षित मानिएको थियो ।

शनिबार मात्र कतारमा इजरायल र हमासबीच वार्ता भएको थियो । सो वार्तामा हमासले ६० दिने युद्धविराममा सहमति गरेको थियो । उता इजरायलले प्यालेस्टाइनी बन्दी रिहा हुँदा हमासले पनि इजरायली बन्द रिहा गर्ने सहमति गरेको थियो । यस्तै गाजामा हरेक दिन ४०० राहात सामग्री बोकेका ट्रकले प्रवेश पाउने सहमति भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved