ट्रम्पले भने– युक्रेनमा रक्तपात रोक्न पुटिन र जेलेन्स्कीलाई फोन गर्नेछु

ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘आशा छ, यो दिन फलदायी हुनेछ, युद्धविराम लागु हुनेछ, र यो कहिल्यै हुन नहुने अत्यन्त हिंसात्मक युद्ध अन्त्य हुनेछ।’

नेपालभ्युज

ट्रम्पले भने– युक्रेनमा रक्तपात रोक्न पुटिन र जेलेन्स्कीलाई फोन गर्नेछु

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्न रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सोमबार फोन गर्ने बताएका छन्।

पुटिनसँग उनले युक्रेनमा रक्तपात रोक्ने बारे छलफल गर्ने विषयमा संवाद गर्ने जिकिर गरेका छन् ।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक सन्देश पोस्ट गर्दै ट्रम्पले यो फोन कल अमेरिकी समयअनुसार बिहान १०:०० बजे गर्ने र त्यसपछि उनी युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की तथा केही नाटो मुलुकका नेताहरूसँग पनि कुरा गर्ने जानकारी दिएका छन् ।

रूस र युक्रेनबीच तीन वर्षपछि इस्तानबुलमा भएको प्रत्यक्ष वार्ताले कुनै नतिजा निकाल्ने संकेत गरेको छैन । यद्यपि दुई पक्षबीच कैदी साटफेर गर्ने बारे सहमति भएको छ ।

ट्रम्पले यदि ट्रम्प पनि सहभागी हुने भए आफू पनि टर्कीमा हुने वार्तामा सहभागी हुन तयार भएको बताएका थिए । तर, रूसी राष्ट्रपति पुटिनले त्यहाँ जान अस्वीकार गरेका थिए।

ट्रम्पको भनाइपछि युद्ध अन्त्यका लागि कुनै ठोस प्रगति उनी र पुटिनबीच प्रत्यक्ष भेटवार्ता भएमा मात्र सम्भव हुने देखिएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रूसी समाचार एजेन्सीहरूलाई सोमबार पुटिन र ट्रम्पबीच फोनवार्ताको तयारी भइरहेको पुष्टि गरेका छन्। दुवै नेताबीच यसअघि पनि यस विषयमा फोनवार्ता भइसकेको छ।

पेस्कोभले तास समाचार एजेन्सीलाई भने, ‘वार्ताको तयारी भइरहेको छ।’

ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘आशा छ, यो दिन फलदायी हुनेछ, युद्धविराम लागु हुनेछ, र यो कहिल्यै हुन नहुने अत्यन्त हिंसात्मक युद्ध अन्त्य हुनेछ।’

युरोपेली नेताहरूले रूससँग कम्तीमा ३० दिने युद्धविराममा सहमति गर्न आह्वान गरिरहेका छन्।

अमेरिकी र रूसी नेताहरूबीच युद्धविराम र उनीहरूबीच सम्भावित शिखर सम्मेलनबारे छलफल हुने अपेक्षा गरिएको छ।

रूसले ट्रम्पको चाहना अनुसार चाँडो प्रतिक्रिया नदिए पनि, अमेरिकी मध्यस्थताको प्रयासलाई स्वागत गरेको थियो। शनिबार अमेरिकी विदेशमन्त्री मार्को रुबियो र उनका रूसी समकक्षी सर्गेई लाभरोभबीचको कुराकानीमा यस्तो संकेत गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved