वाशिङ्गटन । अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनद्वारा लागू गरिएको आप्रवासी डिपोर्टेसन योजनामा अस्थायी रोक लगाएको छ ।
अदालतको निर्णयले १७९८ को ’एलियन इनेमिज एक्ट’ (एईए)अन्तर्गत भेनेजुएला आप्रवासीमाथिको द्रुत डिपोर्टेसनको प्रयासलाई चुनौती दिएको हो ।
‘अदालतले ट्रम्प प्रशासनलाई भेनेजुएलाका आप्रवासीलाई डिपोर्ट नगर्न आदेश दिएको छ, जसले गर्दा उनीहरूलाई कानूनी प्रक्रियामा भाग लिनको लागि अवसर मिलेको छ । यस निर्णयले ट्रम्पको आप्रवासी नीति र कार्यकारी शक्तिको सीमा निर्धारण गर्ने महत्त्वपूर्ण कदमको रूपमा लिइएको छ,’ न्युओर्क पोस्टको समाचारमा जनाएको छ ।
अदालतको बहुमतले प्रशासनको द्रुत डिपोर्टेसन प्रक्रियामा कानुनी प्रक्रिया पालना नगरेको भन्दै चिन्ता व्यक्त गरेको छ । साथै, केही न्यायाधीशले यस निर्णयमा असहमतिपूर्वक मत दिएको बताइएको छ ।
Facebook Comment
Comment