इजलासमा रवीन्द्र मिश्र : मलाई राजनीतिक हुकुमप्रमाङ्गीबाट हिरासतमा राखियो

नेपालभ्युज

इजलासमा रवीन्द्र मिश्र : मलाई राजनीतिक हुकुमप्रमाङ्गीबाट हिरासतमा राखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफूलाई राजनीतिक हुकुमप्रमाङ्गीबाट हिरासतमा राखिएको बयान दिएका छन् ।

सर्वोच्चको इजलासमा बन्दी प्रत्यक्षकीकरण मुद्दाको सुनुवाइको क्रममा उनले यस्तो बताएका हुन् । ‘आठौँ चरणसम्म म्याद थप हुँदा मलाई राजनीतिक हुकुमप्रमाङ्गीबाट यो सबै भइराखेको लाग्यो । राज्यको अधिकार हुने नागरिकको अधिकार नहुने अनुभूति भएपछि अन्तिम घडीमा बन्दी प्रत्यक्षीकरणको विकल्प रोजेको हुँ,’ उनले इजलासमा भने ।

प्रशासनले अनुसन्धानका लागि १० दिन मात्रै बाँकी रहेको अवस्थामा बन्दी प्रत्यक्षीकरणमा नजान भनेको इजलासमा उनले सुनाए । ‘प्रशासनलाई सघाउँदा पनि सुनुवाइ नभएपछि अन्तिम अवस्थामा मात्रै म न्यायको लागि ढोका ढकढक्याउन यहाँ आएको हुँ । मलाई न्याय दिनुस् श्रीमान्,’ उनले भने ।

आफूले कुनै पनि उपद्रव नगरेको दाबी उनले गरेका छन् । हाउस अरेस्टमा रहेका नवराज सुवेदीमाथिको निगरानी अन्त्य भएको, महामन्त्री धवलशमशेर र राणालाई हाजिरी जमानीमा रिहा गर्दा आफूलाई मात्रै हिरासतमा राख्नुपर्ने कुनै कारण नरहेको उनले जिकिर गरे । आफू भागेर कहीँ नजाने उनले बताएका छन् ।

बहस सकिएसँगै बन्दी प्रत्यक्षीकरण रिटमाथि आजै फैसला आउँदै छ ।

राजावादीको १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि उनी साेही राति पक्राउ परेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved