बैतडीको पाटनबाट सुरु भयो माओवादी केन्द्रको जनजागरण अभियान

नेपालभ्युज

बैतडीको पाटनबाट सुरु भयो माओवादी केन्द्रको जनजागरण अभियान

काठमाडौं । प्रमुख प्रतिपक्षी पार्टी नेकपा माओवादीको दोस्रो चरणको जनजागरण अभियान शुक्रबार बैतडीबाट सुरु भएको छ ।

तराई–मधेश जनजागरण अभियानबाट हौसिएको माओवादीले मध्यहाडी लोकमार्गमा ‘जनतासँग माओवादीः मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’नामक अभियान गर्दै छ ।

सो अभियानको शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैतडीको पाटनमा आयोजित आमसभाबाट सुरुवात गरेका छन् । यो अभियानका लागि प्रचण्ड बिहीबार डडेल्धुरा पुगेका थिए ।

शुक्रबार पाटनबाट अभियान अछामतर्फ लाग्नेछ । अछामको मंगलसेनमा शनिबार कार्यक्रम हुनेछ । यसपछि दैलेख, जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, बागलुङ, पर्वत र १० जेठमा पोखरामा सभा आयोजना गरिने माओवादी केन्द्रले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved