विश्व पौडेलविरुद्धको रिट सर्वोच्च प्रशासनले दर्ता गर्न मानेन

नेपालभ्युज

विश्व पौडेलविरुद्धको रिट सर्वोच्च प्रशासनले दर्ता गर्न मानेन

काठमाडौं । गभर्नरका लागि चर्चामा आएका डा. विश्व पौडेलविरुद्धको रिट सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार गरेको छ ।

डा. पौडेलको गभर्नरका लागि योग्यता नपुग्ने दाबीका साथ अधिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापा रिट लिएर सर्वोच्च पुगेका थिए । तर सर्वोच्च प्रशासनले सो रिट दरपिठ गरिदिएको हो ।

सत्तारुढ दल कांग्रेसको प्रस्तावमा डा. पौडेल गभर्नर बन्ने तयारीम छन् । उनको नाममा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सहमति जुटेपछि उनले गभर्नर सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका थिए ।

राष्ट्र बैंकमा एक महिनादेखि गभर्नर पद रिक्त छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved